By Published On: March 15th, 2022Categories: Events, Featured, News
Share

Nepal promotion through one of the biggest Multicultural Festivals of Australia (Pako Festa): अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबको रुपमा मानिने पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाज (Greater Geelong Nepalese Community GGNEC) ले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रबर्द्धन गरेको र जन सम्पर्क समिति अस्ट्रेलिया, बालसंसार ग्लेनरोय, यात्री हाउस इभेन्ट, दिदी-बहिनी समाज भिक्टोरियाले ऐक्यबद्धता जनाएकोमा सबैप्रति आभार ।

नेपालीहरुको बसोबास अत्यन्तै सानो रुपमा रहे तापनि एक लाखभन्दा बढीको जन सहभागिता हुने यति ठूलो महोत्सबलाई नेपाललाई बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रबर्द्धन गर्ने अबसरको रुपमा लिइनु पर्छ भन्ने सोंच अनुरुप मैले अथक प्रयास गरेपस्चात २०१३ मा पहिलो पटक सहभागी भएर नेपाली सहभागिताको थालनी गरिएको यो महोत्सबमा वरिपरिका शहरहरु मेलबर्न, बालारट र वार्नाबुलबाट नेपालीहरु आएर सहभागी जनाएर नेपालको प्रबर्द्धन गर्ने काम गरे । पहिलो वर्षमा नै महोत्सवमा नेपाल झल्काउने किसिमका पहिरन,नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भयो ।